फीफा अन्डर-17 फुटबल विश्वकपमा इंगल्याण्डद्वारा मेक्सिको र इराकद्वारा चिली पराजित

फीफा अन्डर-17 फुटबल विश्वकप प्रतियोगितामा ग्रुप-एफ अन्तर्गत खेलाइएको म्याचमा इंगल्याण्डले मेक्सिकोलाई 3-2 गोलले पराजित गरेको छ। हिजो कोलकातामा भएको म्याचमा इंगल्याण्डका रिहान ब्रेवस्टर, फिलिप फोडन र जेडन सेन्टोले गोल गरे भने मेक्सिकोको तर्फबाट डिएगो लाइनेजले दुवै गोलहरू गरे।

कोलकाताको विवेकानन्द युवा भारती मैदानमा भएको ग्रुप-एफको एक अर्को म्याचमा इराकले चिलीलाई 3-0 गोलले परास्त गऱ्यो। ग्रुप-ई-का म्याचहरूमा फ्रान्सले जापानलाई 2-1 गोल र होन्डुरसले न्यू क्यालेडोनियालाई 5-0-ले पराजित गऱ्यो। यी म्याचहरू गुवाहाटीको इन्दिरा गान्धी स्टेडियममा खेलाइएका थिए।

आज भारतले घानासित खेल्नेछ। भारतको स्थिति गर वा मर-को छ । अन्तिम सोह्रमा स्थान पाउन भारतले यो म्याच जित्नु अत्यन्त जरूरी छ। नयाँ दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा राति 8 बजे म्याच हुनेछ। नवी मुम्बईमा पराग्वेको मुकाबिला टर्कीसित हुनेछ भने राति आठ बजे अमेरिका र कोलम्बिया भिडनेछन्।