जम्मू एवम् काश्मीर निम्ति केन्द्र सरकारका विशेष प्रतिनिधि दिनेश्वर शर्माले उहाँको प्रथम काश्मीर यात्रालाई फलदायक बताउनुभएको छ

जम्मू एवम् काश्मीर राज्य निम्ति केन्द्र सरकारका विशेष प्रतिनिधि दिनेश्वर शर्माले यो आशा प्रकट गर्नुभएको छ कि राज्यका सबै सरोकारवालाहरूले चाँडै वार्तालाप प्रक्रियामा भाग लिनेछन्। उहाँले राज्यको आफ्नो प्रथम यात्रालाई सफल बताउनुहुँदै हिजो जम्मूमा संवाददाताहरूलाई के बताउनुभयो भने, उहाँले निकट भविष्यमा पनि राज्यको यात्रा गर्नुहुनेछ अनि समाजका सबै वर्गका प्रतिनिधिहरूसित कुराकानीलाई जारी राख्नुहुनेछ।

श्री शर्माले आफ्नो जम्मू भ्रमणको अन्तिम चरणमा लगभग 30 प्रतिनिधि मण्डलहरूसित भेटघाट गर्नुभयो। प्रतिनिधि मण्डलहरूमा राजनीतिक, गैर-राजनीतिक, धार्मिक अनि सामाजिक निकायहरू सामेल थिए। बिहीबार आफ्नो तीन दिवसीय काश्मीर यात्राको अन्तमा श्री शर्मा जम्मू पुग्नुभयो अनि त्यहाँ राज्यपाल एन. एन. वोहरा अनि मुख्य मन्त्री मेहबूबा मुफ्तीसित भेटघाट गर्नुभयो। श्री शर्माले उपत्यकाका कतिपय व्यक्तिहरू अनि समूहहरूसित भएको उहाँको कुराकानीबारे राज्यपाल अनि मुख्य मन्त्रीलाई बताउनुभयो साथै उनीहरूले प्रकट गरेका प्रमुख चिन्ताहरूबारे अवगत गराउनुभयो।