मौलाना आजादको जन्म जयन्तीको अवसरमा राष्ट्रपति कोविन्दद्वारा उहाँलाई श्रद्धाञ्जली

राष्ट्रपति रामनाथ कोविन्दले मौलाना आजादलाई उहाँको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली प्रकट गर्नुभएको छ।

एक ट्विटमा श्री कोविन्दले भन्नुभएको छ, मौलाना आजाद एक स्वतन्त्रता सेनानी हुनुहुन्थ्यो। उहाँलाई भारतको धरोहरको एक प्रतीक मान्न सकिन्छ। मौलाना आजाद भारतको प्रथम शिक्षा मन्त्री हुनुहुन्थ्यो। श्री कोविन्दले अगाडि भन्नुभयो, 11 नोभेम्बरलाई आजादको सम्मानमा राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाइन्छ।