जम्मू एवम् काश्मीर राज्यको रजौरी जिल्ला स्थित नौशेरा क्षेत्रमा पाकिस्तानी बलहरूद्वारा संघर्ष विरामको एकपल्ट फेरि उल्लंघन

हिजो साँझ जम्मू एवम् काश्मीर राज्यको रजौरी जिल्लाको नौशेरा क्षेत्र स्थित नियन्त्रण रेखामा पाकिस्तानी बलहरूले संघर्ष विरामको एकपल्ट फेरि उल्लंघन गर्दै गोलीबारी गरेको रिपोर्ट छ।

रक्षा सुत्रहरूले अल इण्डिया रेडियोलाई बताएअनुसार साँझ 5 बजीतिर पाकिस्तानी सेनाले, विना कुनै कारण, लाम क्षेत्र स्थित कतिपय भारतीय चौकीहरूलाई लक्ष्य बनाएर गोलीबारी सुरू गरे।

यसैबीच, केन्द्र गृह मन्त्रालयको एक उच्च स्तर प्रतिनिधि मण्डलले जम्मू एवम् काश्मीरका जम्मू, साम्बा अनि कठुवा जिल्लाहरू स्थित अन्तराष्ट्रिय सीमाना नजिकका कैयौं गाउँहरूको भ्रमण गऱ्यो।

नियन्त्रण रेखा अनि अन्तर्राष्ट्रिय सीमानामा पाकिस्तानद्वारा पटक-पटक संघर्ष विरामको उल्लंघनलाई मध्येनजर राखेर यो यात्रा गरिएको हो भनी बताइएको छ। यो प्रतिनिधि मण्डलले सीमाना नजिक बसोबासो गरिरहेका मानिसहरूका समस्याहरूबारे जान्ने-बुझ्ने प्रयास गर्नेछ।