तमिलनाडूः आयकर अधिकारीहरूद्वारा दिनाकरणको घरको खानतलासी पूरा

तमिलनाडूमा आज एकाबिहानै आयकर अधिकारीहरूले दिनाकरणको घरको खानतलासीको काम पूरा गरे। दिनाकरणलाई हिजो उसको कलेजमा लगियो अनि अधिकारीहरूद्वारा केरकार गरियो।

जया टीभीका मुख्य कार्यकारी अधिकारी विवेक जयारमणको घरमा भने खानतलासी अहिले पनि जारी छ। अधिकारीहरूअनुसार उसको कम्पनीका 100-भन्दा बढी ब्याङ्क खाताहरूलाई अचल पारिएको छ। दिनाकरणको एक मित्र चन्द्रसेकरणको कुड्डालोर स्थित घरको पनि शेयर बजारहरूसित सम्बद्ध कागजातहरूको लागि खानतलासी गरिएको रिपोर्ट छ।