स्वतन्त्र काश्मीरबारे कुराकानी अव्यावहारिक हो, भन्नुभयो, नेशनल कनफरेन्सका अध्यक्षले

नेशनल कन्फरेन्सका अध्यक्ष, फारूख अब्दुल्लाहले भन्नुभएको छ, स्वतन्त्र काश्मीरबारे कुरा गर्नु अव्यावहारिक हुनेछ किनभने यो उपत्यका भू-परिवेष्टित छ अनि तीन परमाणु शक्ति सम्पन्न राष्ट्रहरू, भारत, पाकिस्तान र चीनले घेरिएको छ।

पाकिस्तानका प्रधान मन्त्री शाहिद खाकानले स्वतन्त्र काश्मीरको अवधारणालाई वास्तविकतामा आधारित नरहेको बताउनुहुँदै यसलाई खारिज गर्नुभएको केही दिनपछि श्री अब्दुल्लाहको यो बयान आएको हो।

स्वायत्तताको मागबारे श्री अब्दुल्लाहले भन्नुभयो, राज्यले प्रेमपूर्वक भारतसित मिल्ने निर्णय लिएको हो। आन्तरिक स्वायत्ततालाई एक अधिकार हो भनी भन्नुहुँदै उहाँले बताउनुभयो, केवल यसले मात्र उपत्यकामा शान्ति ल्याउन सक्छ।

जम्मू एवम् काश्मीर निम्ति केन्द्र सरकारका विशेष प्रतिनिधि, दिनेश्वर शर्माको वार्तालाप प्रक्रियाको सफलताबारे उहाँले भन्नुभयो, केवल वार्तालापले समस्याको समाधान हुनेछैन।