अरूणाचल प्रदेशको सम्बन्धमा कसैले लिएको टेकको कुनै परवाह छैनः निर्मला सीतारमण

भारतका रक्षा मन्त्री निर्मला सीमारमणले उहाँको अरूणाचल प्रदेश भ्रमणप्रति चीनले प्रकट गरेको आपत्तिको भर्त्सना गर्नुहुँदै भन्नुभयो, यो उत्तर-पूर्वेली राज्य भारतको एक भू-भाग हो अनि यसबारे कुनै अन्य देशको विचारको कुनै अर्थ छैन।

चीनले यो सीमाना राज्यको सीतारमणको प्रथम भ्रमणलाई लिएर आपत्ति व्यक्त गर्दै के भनेको थियो भने, यो विवादित क्षेत्रको उहाँको भ्रमण क्षेत्रको शान्ति निम्ति अनुकूल छैन। भारतले चीनको यो आपत्तिलाई खारिज गर्दै यो तथ्यमाथि बल दिएको छ कि अरूणाचल प्रदेश भारतको एक अखण्ड हिस्सा हो।

गुजरातमा चुनाउ प्रचार अभियानमा सामेल हुनुभएका मन्त्री महोदयाले अहमदाबादमा एक संवाददाता सम्मेलनमा भन्नुभयो, अरूणाचल प्रदेश हाम्रो देशको हिस्सा हो अनि हामी त्यहाँ जानेछौं।

श्रीमती सीतारमणले रक्षा तम्तयारीको हेरविचार गर्न चीनको सीमाना नजिक राज्यको सुदूर जिल्ला, अन्जा स्थित अग्रिम सेना चौकीहरूको भ्रमण गरिसक्नुभएको छ।