हज यात्रूहरूले अब देशका विभिन्न स्थानहरूबाट आफ्नो हवाई यात्रा सुरु गर्न सक्ने छन् : अल्पसंख्यक मामिला मन्त्री     

केन्द्रीय अल्पसंख्यक मामिला मन्त्री मुख्तार अब्बास नक्वीले, हज यात्रूहरूले अब उपरान्त मुलुकका विभिन्न स्थलहरूबाट सौदी अरबको लागि हवाई यात्रा सुरु गर्न सक्ने घोषणा गर्नुभएको छ। यो सुविधा 15 नोभेम्बर देखि सुरु हुनेछ। श्री नक्वीले भन्नुभयो, तिर्थयात्रूहरूको लागि यो बढी किफायती हुनेछ किन भने औरंगाबाद, इन्दोर र श्रीनगर सरहका दोस्रो श्रेणीका सहरहरू भन्दा मुम्बई, दिल्ली र कोलकाता सरहका प्रमुख हवाई अड्डाहरूमा शुल्कहरू किफायती हुने गर्छन्।

मन्त्री महोदयले अझै के पनि भन्नुभयो भने, मानिसहरूले कागजी फारमका साथै अनलाइन मार्फत भुक्तानी सुविधा लगायतको आवेदन पञ्जीकृत गराउन सक्नेछन्।