घूस दिएर जागिर लिएको मामिलामा असम लोकसेवा आयोगका 21 जना अधिकारी गिरफ्तार, अन्य चार जनाको खोजी जारी

असममा प्रहरीले असम लोकसेवा आयोग (ए पी ए सी)-मा घूस दिएर जागिर लिएको काण्डसित सम्बन्धित मामिलामा अहिले सम्म 21 जनालाई गिरफ्तार गरेको छ र अन्य चार जना लोकसेवा अधिकारीहरूको खोजी जारी छ।

अल इण्डिया रेडियाका संवाददाताले रिपोर्ट गरे अनुसार, त्यस पूर्व प्रहरीले धांधलीपूर्ण उत्तर पुस्तिकाहरू मार्फत जागिर लिन ए पी ए सी-का अधिकारीहरूलाई घूस दिने 2015 ब्याचका 25 जना लोकसेवा अधिकारीहरूको पहिचान गरेको थियो।

यी 25 जना मध्ये 13 जना असम लोक सेवा, 7 जना असम प्रहरी सेवा र रहल सम्बद्ध सेवाका अधिकारीहरू रहेका छन्। यी सबै जनालाई 14 दिनको प्रहरी हिरासतमा पठाइएको छ।