आगलागीको शिकार भएका हिन्दुहरूलाई बांग्लादेशले मद्दत गर्ने, परराष्ट्र मन्त्री स्वराजको पुष्टी

आगजनीको शिकार भएका हिन्दुहरूलाई बांग्लादेशले क्षतिपूर्ती दिने आश्वासन दिएको छ। बांग्लादेशमा कथित रुपमा अल्पसंख्यक समुदायका एक जना युवकले फेसबूकमा निन्दाजनक टिप्पणी पोस्ट गरेको हल्ला चले पछि यी घरहरूमा आगो लगाइएको थियो।

परराष्ट्र मन्त्री सुषमा स्वराजले गर्नु भएको एउटा ट्वीटमा, बांग्लादेशका प्राधिकारीहरूले प्रभावित मानिसहरूलाई पर्याप्त सुरक्षा प्रदान गर्ने विषयमा भारतीय उच्चायुक्तलाई आश्वासन दिएका बताउनुभयो। त्यस पूर्व परराष्ट्र मन्त्रीले बांग्लादेश सरकारसित यो विषय उठाउन ढाकास्थित भारतीय उच्चायुक्तलाई निर्देश दिनु भएको थियो।