10औँ दक्षिण एसिया आर्थिक शिखर सम्मेलन आजदेखि काठमाडौँमा

10औँ दक्षिण एसिया आर्थिक शिखर सम्मेलन आजदेखि काठमाडौँमा हुँदैछ। यो तीनदिने शिखर सम्मेलनको मुख्य विषय “दक्षिण एसियामा समावेशी एवम् सतत् विकासनिम्ति आर्थिक ऐक्यतालाई गहिरो पार्नु” रहेको छ। यो शिखर सम्मेलनको आयोजन नेपालको राष्ट्रिय योजना आयोग र वाणिज्य मन्त्रालय तथा व्यापार, अर्थव्यवस्था र पर्यावारणमाथि दक्षिण एसिया निगरानी, नेपालद्वारा गरिएको हो। नेपालको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डक्टर स्वर्णिम वागलेले भन्नुभएअनुसार शिखर सम्मेलनको जोड दक्षिण एसियाको विकासमाथि हुनेछ। यसमा मन्त्रीहरू, सांसदहरू, भूतपूर्व सांसदहरू, राजदूतहरू, सरकारी अधिकारीहरू, अनुसन्धानकर्ताहरू, विशेषज्ञहरू र चिन्तकहरू लगायत 200 जति व्यक्तिहरू सामेल हुनेछन्।

दक्षिण एसिया आर्थिक शिखर सम्मेलन सन् 2008-मा थालिएको हो। यो एक क्षेत्रीय मञ्च हो जसमा दक्षिण एसियाली मुलुकहरूले सामना गर्नु परिरहेका आर्थिक एवम् विकाससम्बन्धी मामिलाहरू र चुनौतिहरूबारे छलफल गर्नु र विश्लेषण गरिन्छ र क्षेत्रीय ऐक्यता र सहयोगलाई अगाडि बढाइन्छ।  दक्षिण एसियामा डाभोस-को रूपमा परिकल्पित दक्षिण एसिया आर्थिक शिखर सम्मेलनले सरकार, निजी क्षेत्र, अनुसन्धान/शैक्षणिक समुदाय र नागरिक समाजका सरोकारवालाहरूलाई एकसाथ भेला गर्दछ जसबाट क्षेत्रका नीति निर्माताहरू र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)-द्वारा विचारार्थ नवोन्मेषी एवम् कार्यरूप दिन सकिने विचारहरू सामुन्ने राख्न सकियोस्। यो सबै प्रक्रियाको नेतृत्व  चिन्तकहरूका पाँच समूहहरूले पालैपालो कुनै एक सार्क मुलुकमा वार्षिक कार्यक्रम आयोजन गरेर गर्ने गर्दछन्। यी चिन्तक समूहहरू हुन् – बाङ्गलादेशको नीति वार्ता केन्द्र, भारतको विकासोन्मुख मुलुकहरू निम्ति अनुसन्धान एवम् सूचना प्रणाली (आरआइएस), नेपालको व्यापार, अर्थव्यवस्था एवम् पर्यावरणमाथि दक्षिण एसिया निगरानी, पाकिस्तानको सतत् विकास नीति संस्थान (एसडिपिआइ), र श्रीलङ्काको श्रीलङ्का नीति अध्ययन संस्थान।