विदेशी दूतावासहरू र राष्ट्र संघ संगठनहरूलाई आपूर्ति गर्दा कर इनभ्वाइसमा युआइएन दर्ज गरियोस्ः वित्त मन्त्रालय

वित्त मन्त्रालयले भनेको छ, भारतमा विदेशी कुटनयिक कार्यालयहरू र राष्ट संघका संगठनहरूलाई बिक्री वा आपूर्ति कुनैपनि कारोबारबाट उपभोक्तालाई बिक्री समान नै हो र यसबाट कर दाताको दायित्वमा कुनै अतिरिक्त प्रभाव पर्ने छैन।

मन्त्रालयले भनेको छ, यस्ता बिक्रीहरू गरिँदा युनिक आइडेन्टिटी नम्बर (युआइएन) दर्ज गरिनाले विदेशी कार्यालयहरू र राष्ट्र संघ संगठनहरू उनीहरूद्वारा भुक्तान गरिएका कर फिर्ती दावी गर्न सक्षम हुनेछन्। तसर्थ, कुनैपनि परिस्थितिमा कुनै आपूर्तिकर्ताले कर इनभ्वाइसमा युआइएन दर्ज गर्नबाट इन्कार गर्न सक्दैन।

विदेशी कुटनयिक कार्यालयहरू र राष्ट्र संघ संगठनहरूद्वारा सामान किन्दा विक्रेता वा आपूर्तिकर्ताहरूद्वारा युआइएन दर्ज गर्नमा अनिच्छा देखाइने विषयमा जानकारी गराइएपछि यो विज्ञप्ति आएको हो।