भारतमा विदेशी पर्यटकहरूको आगमनमा 18.1 प्रतिशतको वृद्धि

भारतमा विदेशी पर्यटकहरूको आगमनमा यो वर्ष अक्टोबर महिनामा पछिल्लो वर्ष यसै अवधिको तुलनामा 18.1 प्रतिशतको वृद्धि भएको छ। पर्यटन मन्त्रालयअनुसार पछिल्लो महिनामा विदेशी पर्यटकहरूको आगमन 8.76 लाख रह्यो जो अक्टोबर 2016-मा 7.42 लाख थियो।

धेरैजस्ता पर्यटकहरू बाङ्ग्लादेश अनि त्यसपछि अमेरिका, यु.के., श्रीलङ्का, क्यानाडा र जर्मनीबाट आए।

पर्यटन मन्त्रालयले भनेको छ, यो वर्ष अक्टोबरको दौरान 1.76 विदेशी पर्यटकहरू इ-टुरिस्ट भिसामा आए जबकि पोहोर यसै अवधिको दौरान करिब एक लाख पर्टयक आएका थिए र यसप्रकार यसमा 67.3 प्रतिशतको वृद्धि दर्ज गरिएको छ।