इटलीले फिफा विश्व कप फुटबलमा खेल्न नपाउने

 

इटली 1958 पछि पहिलो पल्ट फिफा विश्व कप फुटबलमा खेल्ने योग्यता हासिल गर्नबाट असफल रहेको छ। चार पल्टको विश्व कप विजेता इटली यूरोपेली क्षेत्रको विश्वकप क्वालिफायिङ्ग चरणको म्याचमा स्वीडेनसित 1-0 गोलको अन्तरले पराजित भए पछि प्रतियोगिताबाट बाहिर हुनु परेको हो।

आगामी जुनमा रसियामा हुने फुटबल विश्वकपको लागि योग्यता हासिल गर्न असफल रहेका नेदरल्याण्डस्, अमेरिका, चिली, घाना, आइवरी कोस्ट र क्यामरुन सरहका नामी मुलुकहरूमा अब इटली पनि सामेल भएको छ।