सिरियामा इज्रायेली अभियानहरू आवश्यकता अनुसार चली रहने छन् : प्रधान मन्त्री नेतन्याहु

 

इज्रायेलका प्रधान मन्त्री बेन्यामिन नेतन्याहुले, सिरियामा इज्रायेली अभियानहरू चली राख्ने कुरा अमेरिका र रसिया समक्ष स्पष्ट पार्नु भएको बताउनुभएको छ। श्री नेतन्याहुले भन्नुभयो, इज्रायेलले उसका सुरक्षा आवश्यकताहरू अनुरुप कार्य गर्ने कुरा वाशिंगटन र मास्कोलाई बताई दिएको छ।

इज्रायेल आम रुपमा युद्धबाट बाहिर नै रहेता पनि हेजबुल्लाहको निम्ति पठाइने हातहतियारका लस्करहरूलाई निशाना बनाउन भने छाडेको छैन।

युद्ध पछिको सिरियाको लागि सिद्धान्त तय गर्न भएको एउटा अन्तर्राष्ट्रिय सहमतिको लगत्तै उहाँले यो टिप्पणी गर्नु भएको छ।