अमेरिकी विदेश मन्त्री टिलरसनले म्याँमारलाई रोहिङ्गिया संकटमाथि सचेत गराउनु हुने

 

म्याँमारका रैथाने रोहिङ्गियाहरू विरुद्ध व्यापक अत्याचार समक्ष अमेरिकाले सो मुलुकको सेनामाथि सतर्कतापूर्ण चाप बढाउनका साथै आंग सान सूचीको असैनिक सरकार खतरामा नपरोस भन्ने तथ्यको पनि ख्याल राखेको छ।

अमेरिकाले क्षेत्रमा बढी सक्रिय भूमिका खेल्न थालेका हुँदा कयौं अमेरिकी शिष्ट मण्डलहरूले सो मलुकको यात्रा गरि सकेका छन्। अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनको पनि बुधबार म्याँमारको यात्रा गर्ने योजना छ र यस अन्तर्गत उहाँले मुलुकका नेता सूची र सेना प्रमुख जेनरेल मिन एंग हल्लाङसित भेटघाट गर्नुहुनेछ।

श्री टिलरसनले, रोहिङ्गिया संकटको लागि जिम्मेवार ठहर गर्नु भएको सैनिक नेताहरूसित बढी सख्तीका साथ कुराकानी गर्नु हुने अपेक्षा छ।

म्याँमारका संकटग्रस्त मुसलमान अल्पसंख्यक रोहिङ्गियाहरूका 6 लाख भन्दा बढी सदस्यहरू विगत साढे दुई महिनामा भागेर बांग्लादेशमा शरण लिन वाध्य भएका छन्।