आज देखि नयाँ दिल्लीमा 37-औं भारत अन्तर्राष्ट्रिय व्यापार मेला

 

आज नयाँ दिल्लीको प्रगति मैदानमा 37-औं भारत अन्तर्राष्ट्रिय व्यापार मेला (आई आई टी एफ) आरम्भ भयो।

भारत व्यापार संबर्धन संगठन (आई टी पी ओ)-द्वारा आयोजित 14-दिने मेलाको उद्घाटन राष्ट्रपति रामनाथ कोविन्दले गर्नुभयो।

यस वर्षको मेलाको विषय वस्तु “स्टार्ट अप् इण्डिया स्टेण्ड अप् इण्डिया” रहेको छ। भियेतनाम यस वर्षको मेलाको साझेदार मुलक रहेको छ भने किर्गिस्तान विशेष मुलुक। झारखण्डले मेलामा साझेदार राज्यको तवरमा सहभागिता गरि रहेछ।

यस मेलामा 22 मुलुकका 7000 सहभागीहरूले इलेक्ट्रोनिक देखि लिएर कपडा सम्मका आफ्ना विविध उत्पादनहरूको प्रदर्शन गर्दैछन्।