देशका प्रथम प्रधान मन्त्री जवाहरलाल नेहरुको 128-औं जन्म जयन्तीको अवसरमा आज राष्ट्रद्वारा उहाँलाई श्रद्धाञ्जली अर्पण

 

आज सारा राष्ट्रले भारतका प्रथम प्रधान मन्त्री पण्डित जवाहरलाल नेहरुको 128-औं जन्म जयन्तीको अवसरमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिरहेछ।

राष्ट्रपति राम नाथ कोविन्द, उप-राष्ट्रपति वेङकया नायडु र प्रधान मन्त्री नरेन्द्र मोदीले पण्डित नेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

पूर्व-राष्ट्रपति प्रणव मुखर्जी, पूर्व प्रधान मन्त्री मनमोहन सिंह लगायत विभिन्न राजनीतिक नेताहरू र अन्य विशिष्टजनहरूले आज बिहानै नयाँ दिल्लीको शान्ति वन स्थित पण्डित नेहरुको समाधीस्थलमा  गएर उहाँ प्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।

राष्ट्र निर्माणमा पण्डित नेहरुको योगदानमाथि प्रकाश पार्न आज अनेकौं कार्यक्रमहरू पनि आयोजित गरिँदै छन्। आजको दिनलाई भारतमा बाल दिवसको रुपमा मनाइन्छ।