पाकिस्तानले उसको कब्जामा रहेको काश्मिरका जनतालाई स्वतन्त्रता दिनु पर्छः भारत  

भारतले भनेको छ, पाकिस्तानले उसको कब्जामा रहेको काश्मिर (पी ओ के)-का जनतालाई स्वतन्त्रता दिनु पर्छ।  भारतले यो परामर्श सोमबार जिनेवामा राष्ट्र संघ मानवाधिकार परिषदको कार्यकारी समुह समक्ष पाकिस्तानको वैश्विक आवधिक समीक्षा (यू पी आर)-मा दिएको हो।

भारतले आफ्नो परामर्शमा भनेको छ, पाकिस्तानले उसको कब्जामा रहेको पाकिस्तानका जनतालाई स्वतन्त्रता प्रदान गर्नका साथै त्याहाँ उसको अवैध एवम् बलपूर्वक कब्जा समाप्त गर्नु पर्छ। पाकिस्तानले उसका विशेष आतङ्की अञ्चलहरू, आश्रयस्थलहरू र सुरक्षीत स्थलहरू भत्काउनु पर्छ र आतङ्कको वित्त पोषण विरुद्ध कारवाही गर्नु पर्ने सुझाउ पनि भारतले गरेको छ।

भारतद्वारा गरिएका अन्य सिफारिशहरूमा सिन्ध, बलुचिस्तान र खैबर पख्तुन्वामा राजनैतिक मत विरोधीहरू र अवैध आलोचनालाई निशाना बनाउने तथा उसका सुरक्षा एजेन्सीहरूद्वारा पत्रकारहरू र राजनैतिक कार्यकर्ताहरू लगायत मानिसहरूमाथि अत्याचार, बलजफ्ती बेपत्ता गरिने काम र गैर कानुनी हत्याहरू बन्द गरिनु पर्ने पनि सामेल छन्।

यू पी आर एउटा यस्तो विशेष प्रक्रिया हो जसमा राष्ट्र संघका सबै सदस्य राष्ट्रहरूका मानवाधिकार सम्बन्धी अभिलेखहरूको समीक्षा गरिन्छ।