रेडियो एवम् टेलिभिजन कर्मी श्रीमती देविका मोक्तानसित एक भेटवार्ता

 

भेटकर्ताः श्री विष्णुबहादुर गुरुङ्ग

श्रीमती देविका मोक्तान भारतमा नेपाली रेडियो प्रसारणको क्षेत्रमा अग्रज त हुनुहुन्छ नै उहाँ रङ्गमञ्च, भारतमा नेपाली चलचित्र एवम् साहित्यको क्षेत्रमा पनि सुपरिचित हुनुहुन्छ। रेडियोपछि उहाँले दूरदर्शनको माध्यमले टेलिभिजनको क्षेत्रमा पनि उल्लेखनीय सेवा प्रदान गर्नुभएको छ। अल इन्डिया रेडियोमा लगभग 20 वर्षसम्म विविध भूमिकाको निर्वहन गर्दै उहाँले आफ्नो सेवा कालका अन्तिम लगभग त्यतिनै वर्षहरू दूरदर्शनलाई दिनुभयो। उहाँ कोलकाता दूरदर्शन केन्द्रमा कार्यक्रम प्रमुखको पदबाट सेवानिवृत्त हुुनुभएको हो। प्रस्तुत छ उहाँसँग हाम्रो स्टुडियोमा गरिएको एक अन्तरङ्ग कुराकानी।