प्रचण्डका छोरा प्रकाशको निधन

नेपालका पूर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आज बिहान काठमाडौंमा निधन भएको छ। उनलाई आज एका बिहानै काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। मृत्युको कारण अझै खुल्न सकेको छैन। अस्पतालका स्रोतहरूले परिवारका सदस्यहरू अस्पताल पुगेपछि आधिकारिक घोषणा गरिने बताएका छन्।

यसबीच, आसन्न निर्वाचनको लागि प्रचारको क्रममा हाल झापामा रहनुभएको पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं रवाना हुनुभएको छ।