आश्चर्यजनक ढंगमा दिएको राजीनामाको तीन सातापछि लेबननका प्रधान मन्त्रीको मुलुक फिर्ती

 

आश्चर्यजनक ढंगमा दिएको राजीनामाको तीन सातापछि लेबननका प्रधान मन्त्री साद हरिरि हिजो मुलुकको स्वतन्त्रता दिवसको पूर्वसंध्यामा देश फिर्ता आउनुभएको छ। यसै महिनाको 4 तारिख सऊदी अरबबाट उहाँले एउटा टेलिभिजन कार्यक्रम मार्फत प्रधान मन्त्रीको पदबाट आफ्नो  राजीनामाको घोषणा गर्नुभएको थियो।   अबु धाबी, पेरिस तथा काइरोको संक्षिप्त यात्रा गर्नुअघि उहाँ रियादमा दुइ सातासम्म बस्नुभएको थियो। उहाँले आज स्वतन्त्रता दिवसको  सैन्य परेड र राष्ट्रपति आवासमा हुने पारम्परिक स्वागत समारोहमा हिस्सा लिनुहुने अपेक्षा छ।

उल्लेखनीय छ, राष्ट्रपति माइकल एओनले श्री हरिरिको राजीनामालाई स्वीकार गर्नुभएको छैन।