उत्तर भारत कठ्याङ्ग्रिने जाडोको चपेटामा, हिमाचल प्रदेशको केलंगमा सबैभन्दा बढी जाडो रेकर्ड गरियो

उत्तर भारत प्रचण्ड शीत लहरको चपेटामा छ र हिमाचल प्रदेशमा सबैभन्दा बढी चिसो रेकर्ड गरिएको छ। राज्यका अग्ला इलाकाहरूमा शून्यभन्दा 8 देखि 13 डिग्री सेल्सियस कम तापमान रेकर्ड गरियो।
आदिवासी जिल्ला लाहुल-स्पितीको केलंगमा तापमान शून्यभन्दा 5.2 डिग्री सेल्सियस मुनि रेकर्ड गरियो।
जम्मू कश्मीरमा, शनिबार श्रीनगरमा तापमान शून्यभन्दा 1.5 डिग्री सेल्सियस मुनि रेकर्ड गरियो।
पंजाबको आदमपुरमा कठ्याङ्ग्रिने जाडो छ र यहाँको न्यूनतम तापमान 5 डिग्री सेल्सियस रेकर्ड गरियो।