लण्डनको अदालतमा विजय माल्याको सुपुर्दगी सम्बन्धी मुद्दामा सुनुवाईको बेला सी बी आई-को टोली उपस्थित रहने

भगौडा उद्योगपति विजय माल्याको सुपुर्दगी सम्बन्धी मुद्दाको सुनुवाईको बेला केन्द्रीय अन्वेषण ब्युरो (सी बी आई)-को एउटा टोली लण्डनको अदालतमा उपस्थित रहने छ। विजय माल्या विरुद्ध सी बी आई-ले रु 9000 करोडको ऋण चुक्ता नगरेको अभियोगको जाँच गरि राखेको छ। लण्डनको अदालतमा यस सम्बन्धी मुद्दामाथि सुनुवाई आज देखि भई राखेको छ।

61 वर्षीय व्यवसायी माल्यालाई स्वदेश फर्काएर ल्याउने सम्बन्धी भारतको यो मुद्दा ब्रिटिश सरकारको क्राउन प्रसिक्युसन सर्विस मार्फत चलाईँदैछ।

सी बी आई-का सुत्रहरूले बताएअनुसार, निकायका विशेष निर्देशक राकेश आस्थानको नेतृत्वमा एउटा दलले आइतबार लण्डनको लागि प्रस्थान गऱ्यो र यो दल वेस्टमिनिस्टरमा म्याजिस्टेटको अदालतमा चल्ने यस मुद्दाको बेला उपस्थित रहने छ।