केन्द्रद्वारा यस वर्षको कृषि शिक्षा बजेटमा 47.4 प्रतिशत वृद्धिः कृषि मन्त्री

भारत सरकारले कृषिमुलक शिक्षा निम्ति बजेटमा यस वर्ष 2013/14-को तुलनामा 47.4 प्रतिशत वृद्धि गरेको छ। हिजो राष्ट्रिय कृषि शिक्षा दिवसको अवसरमा विहारको समस्तीपुर स्थित ड. राजेन्द्र प्रसाद केन्द्रीय कृषि विश्वविद्यालयमा एउटा सभालाई सम्बोधन गर्नुहुँदै कृषि मन्त्री राधा मोहन सिंहले यो कुरा बताउनुभयो। स्कूलका विद्यार्थीहरू लगायत युवाहरूलाई कृषिमुलक शिक्षा तर्फ आकृष्ट गर्नु सरकारको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो। भारत सरकारले कृषि क्षेत्रको समन्वित तथा द्रुत विकासको लागि कृषिसित सम्बन्धित अनेकौँ राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दिवसहरूको पालन गर्न थालेको पनि कृषि मन्त्रीले उल्लेख गर्नु भयो।