सर्वोच्च न्यायालयले आजदेखि राम जन्मभूमी-बाबरी मस्जिद विवाद सम्बन्धी मामिलामा अन्तिम सुनुवाई सुरू गर्न सक्ने  

सर्वेच्च न्यायालयले आजदेखि राम जन्मभूमी-बाबरी मस्जिद विवाद सम्बन्धी मामिलाको अन्तिम सुनुवाई सुरू गर्ने सम्भावना रहेको छ। सर्वोच्च न्यायाधिश दिपक मिश्र, न्यायमुर्ति अशोक भुषण र न्यायमुर्ति अब्दुल नजीरलाई लिएर गठित एउटा विशेष पीठले, चार देवानी मुद्दाहरूमा अलहाबाद उच्च अदालतले 2010-मा सुनाएको फैसला विरुद्ध दायर अपीलहरूमाथि सुनुवाई गर्नेछ। उच्च अदालतले त्यसबेला अयोध्यामा रहेको विवादित 2.77 एकड जमीन सुन्नी वाक्फ बोर्ड, निर्मोही अखाडा र भगवान राम लल्लाबीच तीन भागमा विभाजित गर्ने आदेश दिएको थियो।