आज केन्द्र सरकारले विदेश व्यापार नीति सम्बन्धी मध्यावधी समीक्षाको खुलासा गर्ने

केन्द्र सरकारले आज नयाँ दिल्लीमा विदेश व्यापार नीति सम्बन्धी मध्यावधी समीक्षाको खुलासा गर्नेछ। वाणिज्य मन्त्री सुरेश प्रभु, वाणिज्य एवम् उद्योग राज्य मन्त्री सी आर चौधरीका साथै उच्च अधिकारीहरू पनि यस कार्यक्रममा उपस्थित रहनु हुनेछ।

यस समीक्षामा, निर्यात व्यापारमा देखा परिराखेको गिरावटको प्रवृत्ति रोक्ने क्रममा निर्यातकर्ताहरूका सरोकारहरूको सम्बोधन गरिने सम्भावना छ।

एक वर्ष भन्दा पनि अधिक समय पछि निर्यात व्यापारमा अक्टोबर महिनामा 1.2 प्रतिशतको गिरावट आएको थियो।

यो मध्यावधी समीक्षा अघि वस्तु एवम् सेवा कर (जी एस टी)-को कार्यन्वयन संगसंगै 1 जुलाई अगावै आउनु थियो तर, सरकार जी एस टी-को सम्बन्धमा निर्यातकर्ताहरूका अनुभवहरूको आधारमा तिनीहरूबाट सुझाउ प्राप्त गर्न इच्छुक रहेको हुँदा यसलाई स्थगित राखिएको थियो।