चुनाउ आयोगले उसको पूर्व अनुमति विना गुजरातमा 8 र 9 डिसम्बरमा छापा माध्यमहरूमा विज्ञापनहरू प्रकाशित गर्नमाथि रोक लगाएको छ

चुनाउ आयोगले उसको पूर्व अनुमति विना आगामी शुक्रबार अनि शनिबार छापा माध्यमहरूमा विज्ञापनहरू प्रकाशित गर्नमाथि रोक लगाएको छ। यो प्रतिबन्ध राजनीतिक दलहरू, चुनाउका उम्मेदवारहरू साथै अन्य सङ्गठनहरूमाथि लगाइएको छ। उल्लेखनीय छ, शनिबार राज्यमा प्रथम चरणको चुनाउ हुनेछ।

आयोगले विज्ञापनहरूलाई प्रकाशित गर्न अघि राज्य अनि जिल्ला स्तरीय मीडिया प्रमाणीकरण एवम् निगरानी समितिबाट प्रमाण पत्र प्राप्त गर्ने निर्देश दिएको छ।

यसैबीच, गुजरात विधानसभा चुनाउको लागि प्रचार अभियान जोरशोरले चलिरहेको छ। भारतीय जनता पार्टीको तर्फबाट अन्यहरू बाहेक, पार्टी अध्यक्ष अमित शाह, रक्षा मन्त्री निर्मला सीतारमण, गुजरातका मुख्य मन्त्री विजय रूपाणी अनि भूतपूर्व मुख्य मन्त्री आनन्दीबेन पटेलले चुनाउ प्रचार गरिरहेका छन्।

उता, कंग्रेस उपाध्यक्ष राहुल गान्धीको कच्छ, मोरबी अनि सुन्दरानगर जिल्लाहरूमा ऱ्यालीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ। बहुजन समाज पार्टी प्रमुख, मायावतीले राजकोटमा जनसभालाई सम्बोधन गर्नुहुनेछ तथा समाजवादी पार्टीका नेता अखिलेश यादवले आफ्नो पार्टीको लागि राजकोट अनि जामनगरमा चुनाउ प्रचार गर्नुहुनेछ।