राष्ट्रिय राजधानी दिल्लीमा प्रदूषणको स्थिति औधी गम्भीर

दिल्लीमा प्रदूषणको स्थिति एकपल्ट फेरि औधी गम्भीर बनेको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डअनुसार हिजो बिहान हावामा प्रदूषक पदार्थहरूको मात्रा मानक स्तरभन्दा धेरै अधिक थियो।

अल इण्डिया रेडियोसित कुराकानी गर्नुहुँदै केन्द्रीय प्रदूषक नियन्त्रण बोर्डका अतिरिक्त महानिदेशक, डा. डी शाहले भन्नुभयो, मौसमसम्बन्धी कतिपय कारकहरू यसको लागि जिम्मेवार छन्।

यसैबीच, राष्ट्रिय हरित न्यायाधिकरणले शहरमा व्याप्त गम्भीर वायु प्रदूषणसित निप्टिनको लागि दिल्ली सरकारले कुनै व्यापक कार्य योजना नबनाएकोमा उसको घोर आलोचना गरेको छ। न्यायाधिकरणले प्रदूषणको यस्तो स्तर हुँदाहुँदै पनि दिल्लीमा भारत-स्रीलङ्का क्रिकेट म्याच आयोजित गरेकोमा प्राधिकारीहरूको भर्त्सना पनि गरेको छ।