सरकार वित्तीय संस्थान र जमाकर्ताहरूको ब्याजको सुरक्षा गर्न प्रतिबद्ध छः वित्त मन्त्री

वित्त मन्त्री अरूण जेटलीले भन्नुभएको छ, वित्तीय संस्थान र जमाकर्ताहरूको ब्याजको पूर्ण सुरक्षा गर्न सरकार प्रतिबद्ध छ। प्रस्तावित वित्तीय समाधान तथा जमाराशि बीमा विधेयक-2017 मार्फत यस्तो सुरक्षा दिइने श्री जेटलीले भन्नुभयो।

एक ट्विटमा श्री जेटलीले भन्नुभयो, यो विधेयक संसदको स्थायी समितिमा थाँतीमा छ र केन्द्र यस विधेयकको उद्देश्य पूरा गर्नका लागि प्रतिबद्ध छ। बैंकमा जमाराशिको सुरक्षालाई लिएर चिन्ता बढिरहेकै बीच वित्त मन्त्रीको यस्तो प्रतिक्रिया आएको छ।

एक ट्विटमा आर्थिक मामिलाका सचिव एस सी गर्गले भन्नुभयो, प्रस्तावित उद्देश्य जमाकर्ताहरूको वर्तमान अधिकारहरूको रक्षा गर्नु हो। उहाँले भन्नुभयो, यसका लागि कोही पनि कमजोर हुँदैन र यसले निश्चित रूपमा वर्तमान सुरक्षालाई बढाउँछ।