भारतीय रिजर्भ बैंकले मौद्रिक नीति समीक्षा पछि नीतिगत ब्याज दर 6 प्रतिशतको स्तरमा कायम राख्यो

भारतीय रिजर्भ बैंकले मौद्रिक नीतिको समीक्षा पछि आफ्नो नीतिगत ब्याज दरमा कुनै परिवर्तन गरेको छैन। बैंकका गभर्नर उर्जित पटेलको अध्यक्षतामा भएको छ सदस्यीय मौद्रिक नीति समितिको बैठकमा रेपो दर 6 प्रतिशतको स्तरमा यथावत राखिएको छ। रिभर्स रेपो दर पनि 5.75 प्रतिशतको स्तरमा कायम रहनेछ। भारतीय रिजर्भ बैंकले 2017-18-को अवधिका लागि सकल घरायशी उत्पादमा 6.7 प्रतिशतको बृद्धिको पूर्वानुमानलाई पनि यथावत नै राखेको छ।

रिजर्भ बैंकले भनेको छ, नीतिगत ब्याज दरहरूमा परिवर्तन नगर्ने फैसला उपभोक्ता मूल्य सूचकाङ्कको मध्यम अवधि लक्ष्यलाई प्राप्त गर्नका लागि गरिएको हो। श्री उर्जित पटेलले भन्नुभयो, केही राज्यहरूमा किसानहरूको ऋण माफी योजना लागू भएकोले, पेट्रोलियम उत्पादहरूमाथि उत्पाद शुल्क र मूल्य अभिबृद्धि करको आंशिक फिर्ति र कैयौ वस्तुहरूको वस्तु र सेवाकर दरहरूमा कटौतीले सरकारका वित्तीय संसाधनहरूमा केही कमी आउन सक्छ।