गुजरात विधान सभा चुनाउको पहिलो चरणको मतदानका लागि प्रचार अभियान आज समाप्त हुने

गुजरात विधान सभा चुनावको पहिलो चरणको मतदानका लागि प्रचार अभियान आज समाप्त हुँदैछ। मतदाताहरूलाई आकर्षित गर्न राजनीतिक पार्टीहरूले कुनै कसर बाँकी राखेका छैनन्।

नेत्राङ्गमा एक सार्वजनिक बैठकलाई सम्बोधित गर्दै प्रधान मन्त्री नरेन्द्र मोदीले भन्नुभयो, उहाँको सरकारले जनजातिहरूको कल्याणका लागि काम गरिरहेको छ। उहाँले भन्नुभयो, गुजरातमा विशेषगरी बालिकाहरूको शिक्षामा सुधार आएको छ।

श्री मोदीले 4 करोड परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराइने निर्णय उहाँको सरकारले लिएको घोषणा गर्नुभएको छ। प्रधान मन्त्रीले भन्नुभयो, उहाँको सरकार गरीबहरूको सरकार हो।

यसभन्दा पहिले धान्धुका र दहोदमा एक बैठकलाई सम्बोधित गर्दै श्री मोदीले भन्नुभयो, गुजरातमा भाजपा सरकार भ्रष्टचारको सामना गर्न सफल भएको छ। अर्कोतिर, कांग्रेस उपाध्यक्ष राहुल गान्धीले भन्नुभयो, गुजरातमा 39 प्रतिशत नानीहरू कुपोषणका शिकार छन् साथै डक्टरहरूको धेरै संकट छ र स्वास्थ्य सेवाहरूको लागत अत्यन्त धेरै छ। उहाँले शिशु मृत्यु दरबारे पनि चिन्ता व्यक्त गर्नुभएको छ।