राष्ट्रपति रामनाथ कोविन्द हवाईजहाज सङ्ग्रहालयको उद्घाटन निम्ति आजदेखि आन्ध्र प्रदेशको दुइ दिवसीय भ्रमणमा

राष्ट्रपति रामनाथ कोविन्द आज आन्ध्र प्रदेशको दुइ दिवसीय भ्रमणमा जाँदै हुनुहुन्छ। आज भिशाखापट्टनममा उहाँले हवाईजहाज सङ्ग्रहालयको उद्घाटन गर्नुहुनेछ।

यसपछि उहाँले ई-क्लास रूप परिसर अनि ऊष्मायन केन्द्रको आधारशिला राख्नुहुनेछ। यसको साथै उहाँले आन्ध्र विश्वविद्यालयमा रक्षा अध्ययन केन्द्रको स्थापनाको घोषणा गर्नुहुनेछ।

श्री कोविन्दले भिशाखापट्टनम स्थित ड. बी.आर.अम्बेडकर मेमोरियल स्कूलको पनि भ्रमण गर्नुहुनेछ।

भोली राष्ट्रपति महोदयले भारतीय नौसेनाको पनडूब्बी शाखालाई ध्वज प्रदान गर्नुहुनेछ।