बङ्गालको खाडीको दक्षिण पूर्व अनि छेउछाउका क्षेत्रहरूमा उत्पन्न कम्ती दबाउको क्षेत्र आगामी 24 घण्टाहरूमा अझ प्रचण्ड हुने आशङ्का

बङ्गालको खाडीको दक्षिण पूर्व अनि छेउछाउका क्षेत्रहरूमा उत्पन्न कम्ती दबाउको क्षेत्र आगामी 24 घण्टाहरूमा अझ प्रचण्ड हुने आशङ्का छ। आन्ध्र प्रदेशको तटमा पुगेपछि यो केही कमजोर हुने सम्भावना छ।

यसको फलस्वरूप, आज उत्तर आन्ध्र प्रदेश अनि दक्षिण ओडिशाका धेरै क्षेत्रहरूमा वर्षा हुने सम्भावना छ। शुक्रबार अनि शनिबार कतिपय स्थानहरूमा प्रचण्ड वर्षा हुने आशङ्का पनि व्यक्त गरिएको छ। अण्डमान अनि निकोबार द्वीप समूहमा पनि प्रचण्ड वा औधी प्रचण्ड वर्षा हुने सम्भावना छ।

आगामी 24 घण्टाहरूमा अण्डमान अनि निकोबार द्वीप समूहको वरिपरि समुद्रको स्थिति खतरनाक हुनसक्ने जानकारी दिइएको छ। आन्ध्र प्रदेश अनि दक्षिण ओडिशाका तटहरूमा आजदेखि शनिबार साँझसम्म यस्तै स्थिति कायम रहने आशङ्का व्यक्त गरिएको छ।

अण्डमान अनि निकोबार द्वीप समूह, उत्तर तमिलनाडू, आन्ध्र प्रदेश अनि दक्षिण ओडिशाका समुद्री क्षेत्रहरूको स्थिति शनिबार बिहानसम्म खतरनाक नै रहिरहने आशङ्का हुनाले मछुवाहरूलाई त्यहाँ नजाने सल्लाह दिइएको छ।