शीर्ष भारतीय स्टार्टअप कम्पनीहरू भर्ती अभियानमा

एक अरब डलर भन्दा धेरै मूल्यका साथ देशका शीर्ष स्टार्टअप कम्पनीहरू भर्ती अभियान सुरु गर्ने प्रक्रियामा छन्। यसका साथै स्टार्टअप कम्पनीहरूद्वारा गरिएका नियुक्तिहरूमा धेरैजसो नयाँ उम्मेद्वारलाई अवसर दिइएको छ।

नौकरी क्षेत्रसित सम्बद्ध पोर्टल इनडीडको हालैको आँकडाअनुसार नियुक्तिहरूमा लगभग 90 प्रतिशत हिस्सेदारी स्नैपडील, पेटीएम, शपक्लू र फ्लिपकार्ट जस्ता प्रमुख स्टार्टअप कम्पनीहरूका छन्। लाखौँको संख्यामा रहेका नयाँ उम्मेदवारहरूका लागि यो एक उत्साहजनक कुरा हो।