हकी विश्व लीग फाइनल अन्तर्गत बेल्जियमलाई पराजित गरी भारत सेमीफाइनलमा

भारत र अस्ट्रेलिया हकी विश्व लीग फाइनलको सेमीफाइनलमा प्रवेश गरेका छन्। ओडिसाको भुवनेश्वरमा खेलिएको क्वार्टर फाइनलमा भारतले ओलम्पिक रजत पदक बिजेता बेल्जियमलाई पेनल्टी शूट आउटमा 3-2 गोलले पराजित गऱ्यो। अर्को क्वार्टर फाइनलमा अस्ट्रेलियाले स्पेनलाई 4-1 गोलले पराजित गऱ्यो।

आज हुने दुइ क्वार्टर फाइनलमा इंगल्याण्डको सामना अर्जेन्टिनासित र जर्मनीको मुकाबिला नीदरल्याण्डसित हुनेछ।