संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ-ले रोहिङ्ग्या मुसलमानहरूको ‘समूल नाश गर्ने’ प्रक्रियाको भर्त्सना गर्दै प्रस्ताव पारित गरेको छ

संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ-ले रोहिङ्ग्या मुसलमानहरूको ‘समूल नाश गर्ने’ प्रक्रियाको भर्त्सना गर्दै प्रस्ताव पारित गरेको छ अनि रखाइन प्रान्तमा मानवीय सहायतालाई जारी राख्नको लागि तत्काल पाइलो सार्ने आग्रह गरेको छ। उल्लेखनीय छ, त्यहाँको जोखिमपूर्ण स्थितिले गर्दा 6 लाखभन्दा बढी रोहिङ्ग्या मुसलमानहरू भागेर बाङ्गलादेश जान वाध्य भएका छन्।

प्रस्तावमा म्याँमारका नेतृत्वलाई देशको उत्तरमा रहेको रखाइन प्रान्तमा अल्पसंख्यकहरूमाथि हमलाहरूलाई समाप्त गर्ने आह्वान गरिएको छ। डेमोक्र्याट, व्हिप स्टेनि एच होयर-ले एक बयानमा भन्नुभएको छ, लोकतन्त्रको पुनर्स्थापनाप्रति बर्मेली नेताहरूको प्रतिबद्धताको फैसला, व्यक्तिगत अधिकारहरू अनि सबै धर्म र जातिका मानिसहरूको स्वतन्त्रताप्रति उनीहरूको सम्मानको आधारमा गरिनेछ।