भारतका शीर्ष अधिकारीहरूसित कुराकानी निम्ति चीनका विदेश मन्त्रीले नयाँ दिल्लीको भ्रमण गर्नुहुनेछ

चीनका विदेश मन्त्री वाङ्ग यी-ले रसिया, भारत अनि चीनका विदेश मन्त्रीहरूको 15-औं बैठकमा भाग लिनको लागि यसै महिनाको 11 तारिख नयाँ दिल्लीको यात्रा गर्नुहुनेछ। यात्राको अवधिमा उहाँले भारतका शीर्ष अधिकारीहरूसित कुराकानी पनि गर्नुहुनेछ।

हिजो बेजिङ्गमा श्री वाङ्गको कार्यालयद्वारा यसको घोषणा गरियो। डोकलाम मामिला पश्चात् चीनका कुनै पनि उच्च स्तरीय अधिकारीको यो प्रथम भारत यात्रा हुनेछ।

रसिया, भारत अनि चीनका विदेश मन्त्रीहरूको बैठकमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अनि परस्पर सरोकारका क्षेत्रीय मुद्दाहरूबारे विचारहरूको आदान-प्रदान हुनेछ साथै व्यवहारमूलक त्रिपक्षीय सहयोगलाई अझ बढाउनेबारे चर्चा गरिनेछ।