नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम चरणको मतदान शान्तिपूर्ण रूपमा जारी

 

नेपालमा प्रतिनिधि सभाका 128 स्थानहरू र प्रदेश सभाका 256 स्थानहरूका लागि 45 जिल्लाहरूमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ। अन्तिम चरणको यस निर्वाचनमा 1 करोड 22 लाख भन्दा बढी मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन्। हाम्रा काठमाडौँ सम्वाददाताले बताएअनुसार दिउँसो 1 बजेसम्म 40 प्रतिशत मतदान भएको छ।

लोकतान्त्रिक नेपालको यस महोत्सवमा जनताले उत्साहजनक रुपमा सहभागिता जनाईरहेका छन्। धेरै स्थानहरूमा मानिसहरू बिहान 7 बजे भन्दा पहिलेनै मतदान स्थलमा पुगेका थिए। सुर्खेत जिल्लामा 104 वर्षिय पदम लाल थानीले मतदान गर्नुभएको छ। विशेषगरी पहिलो पटक मतदान गरिराखेका युवाहरू आफ्नो मताधिकार प्रयोग गर्न निकै उत्साहित छन्। अन्तिम चरणको निर्वाचनमा प्रधान मन्त्री शेरबहादुर देउवा तथा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूलगायत 4482 उम्मेदवारहरू चुनावी मैदानमा छन्। 400 अन्तर्राष्ट्रिय र 45000 राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको निगरानी गरिरहेका छन्। धेरै समयको प्रतिक्षा पछि भइरहेको निर्वाचनले नेपालमा संघीयतालाई संस्थागत गर्ने तथा लोकतन्त्रलाई बलियो बनाउने आशा गरिएको छ।