नेपालमा हाल सम्पन्न चुनाउको 85 प्रतिशतभन्दा अधिक मतगणना पूरा; वामपन्थी गठबन्धन सबैभन्दा अगाडि

नेपालमा समानुपातिक प्रतिनिधित्व अन्तर्गत  प्रतिनिधि सभाका 110 सीटहरू तथा प्रदेश सभाका 220 सीटहरूको लागि सम्पन्न चुनाउको मतगणना आज समाप्त हुने अपेक्षा  छ। अहिलेसम्म 85 प्रतिशतभन्दा अधिक मतगणना भइसकेको छ। वाम गठबन्धन अगाडि रहेको छ। एक ताजा रिपोर्टअनुसार, नेपाल कम्युनिस्ट पार्टी (एमाले)-ले 30 लाखभन्दा अधिक मतहरू प्राप्त गरेको छ।

29 लाखभन्दा अधिक मतहरूका साथ नेपाल काँग्रेस दोस्रो स्थानमा रहेको छ। वाम गठबन्धनको घटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)-ले 12 लाखभन्दा अधिक मतहरू प्राप्त गरेको छ। मधेशका दुइ प्रमुख पार्टीहरू संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टी नेपाल क्रमैसित चौथो र पाँचौँ स्थानमा रहेका छन्। 1 करोडभन्दा अधिक मतदाताहरूले यस चुनाउमा आफ्ना मतहरू दिएका थिए। नेपाल निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अल इण्डिया रेडियोलाई बताउनु भएअनुसार मतगणना आज समाप्त हुने अपेक्षा छ अनि परिणामहरू दुइ-तीन दिनभित्रमा घोषणा गरिने सम्भावना छ।