इसरोले 12 जनवरीमा एउटा सिंगो मिसनमा 31 उपग्रहहरू प्रक्षेपित गर्ने

आगामी शुक्रबार श्रीहरिकोटाबाट एउटा सिंगो प्रक्षेपणमा आफ्नो सयौं-को साथै अन्य 30 उपग्रहहरू प्रक्षेपित गरी उपग्रह प्रक्षेपणको क्षेत्रमा एउटा नौलो कोशेढुङ्गामा पुग्ने तरखरमा रहेको छ। पोहोर अगष्ट महिनामा आई आर एन एस एस-1 एच दीग निर्देशन उपग्रह प्रक्षेपित गर्ने असफल प्रयास पछिको यो प्रथम धुव्रीय प्रक्षेपण वाहन अभियान रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)-ले बताएको छ।

बेंगालुरूमा समाचारदाताहरूसित कुराकानी गर्दै इसरोका उपग्रह निर्देशक एम अन्नादुरइले भन्नुभयो, पी एस एल भी सी-40-द्वारा मौसम पर्यवेक्षण उपग्रह कोर्टोसेट-2 लगायत जम्मा 31 अन्तरिक्ष वाहनहरू प्रक्षेपित गरिने छ। यी मध्ये 28 उपग्रहहरू क्यानाडा, फिनल्याण्ड, फ्रान्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य तथा अमेरिका लगायतका विदेशी मुलुकहरूबाट आएका हुन्।

यस अभियानको विशेषता यो हो कि यस मार्फत्, उपग्रहहरूलाई दुइ बेग्ला-बेग्लै कक्षमा स्थापित गरिने छ।