उत्तरी एवम् पूर्वी भारतमा प्रचण्ड शितलहरको प्रकोप

उत्तर भारतका जम्मू एवम् काश्मिर, पञ्जाब, हरियाणा र हिमाचल प्रदेशका केही भागहरू बाक्लो कुहिरोले छोपे पछि प्रचण्ड शितलहरको प्रकोपमा परेका छन्। घना कुहिरोको कारण भारतीय रेलवे 22 रेलहरू रद्द गर्न तथा अन्य 8-को समयमा परिवर्तन गर्न वाध्य भएको छ। हिजो दिल्लीको तापमान यस मौसमकै सबैभन्दा कम 4.2 डिग्री सेल्सियसमा पुग्न गयो। यो सामान्य भन्दा 3 डिग्री सेल्सियस कम हो। श्रीनगरमा रातीको तापमान वर्षको सर्वनिम्न माइनस 6.2 डिग्री सेल्सियसमा पुग्न गयो। हिमाचल प्रदेशका पहाडी क्षेत्रहरूमा न्युनतम तापमान माइनस 13 देखी माइनस 20 डिग्री सेल्सियस बीच रह्यो।

राजस्थानमा पश्चिमी जिल्लाहरू सिवाय सबैतिर नै हिजो न्युनतम तापमान 8 डिग्री सेल्सियस भन्दा कम रहेको थियो।

पूर्वी भारत पनि कठ्याङ्ग्रिदो जाडोको प्रकोपमा परेको छ। विहारको सितामडी, पूर्वी चम्पारण र दरभंगामा जाडोले गर्दा विगत 24 घण्टामा 18 जनाको ज्यान गईसकेको छ।

झारखण्डमा 4.5 डिग्री सेल्सियसका साथ पलामु सबैभन्दा चिसो ठाँउ रहेको थियो। उत्तर प्रदेशका प्रायजसो भागहरूनै उत्कट जाडो र कुहिरोको प्रकोपमा परेका छन्।

उडीसाको पहाडी शहर दारिंगबाडीमा सबैभन्दा न्युन तापमान 4 डिग्री सेल्सियस रेकर्ड गरियो।