राष्ट्रपति कोविन्दले आज राजगिरमा 3 दिने धर्म धम्मा अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुने

राष्ट्रपति रामनाथ कोविन्दले आज बिहारको राजगिरमा एउटा तीन दिने अन्तर्राष्ट्रिय धर्म धम्मा सम्मेलनको उद्घाटन गर्नुहुनेछ।

यस सम्मेलनको आयोजना, भारत प्रतिष्ठान, नालन्दा विश्वविद्यालय, परराष्ट्र मामिला मन्त्रालय एवम् भारत-आशियान तथा भियेतनामी बौद्ध संघद्वारा गरिँदै छ।

श्री कोविन्दद्वारा अध्यक्षता गरिने उद्घाटन समारोहमा स्रीलङ्काका विदेश मन्त्री तिलक मारापाना, बिहारका राज्यपाल सत्यपाल मालिक, मुख्य मन्त्री नितिश कुमार र परराष्ट्र मन्त्रालयमा सचिव (पूर्व) प्रीति शरणको पनि उपस्थिति रहने छ।