भारतको पूर्वाभीमूखी नीतिको लक्ष्य भारत र दक्षिण पूर्व एशियाका जनताको सपना र आशाहरूको एकीकरण गर्नु होः राष्ट्रपति कोविन्द

राष्ट्रपति रामनाथ कोविन्दले भन्नुभएको छ, भारतको पूर्वाभीमूखी कारवाही नीतिको लक्ष्य आर्थिक अवसरहरूको आदान-प्रदान गर्नु मात्र नभएर भारत तथा दक्षिण पूर्व एशियाका जनताका सपना र आशाहरूको एकीकरण गर्नु पनि हो।

बिहारको राजगिरमा ‘धर्म धम्मा’-माथि चौथो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रपतिले भन्नुभयो, हामीले आसियान-भारत वार्तालाप साझेदारीको 25 औं जयन्ती मनाई राखेको हुँदा यस सम्मेलनको आयोजनाको समय अत्यन्तै उपयुक्त देखिन्छ। नयाँ दिल्लीमा गणतन्त्र दिवस समारोहमा आसियानका जम्मै 10 जना नेताहरू मुख्य अतिथिको रूपमा उपस्थित रहनुहुने कुरा पनि उहाँले बताउनुभयो।

राष्ट्रपति कोविन्दले भन्नुभयो, यो सम्मेलन धर्म र धम्माका विविधतापूर्ण परम्पराहरूको साझा मूल र समानताहरू प्रतिको समझदारी बढाउने क्रममा एउटा प्रयास हो। उहाँले भन्नुभयो, बौद्ध धर्म भूमण्डलीकरण र साथै हाम्रो उपमहाद्वीपमा अन्तर सम्पर्कताको प्रारम्भिक रूप पनि हो।