आज स्वामी विवेकानन्दको 155 औं जन्म जयन्ती

आज सारा राष्ट्रले स्वामी विवेकानन्दको 155 औं जन्म जयन्ती मनाई रहेछ। भारतका महानतम् अध्यात्मिक नेताहरूमध्ये एक रहनु हुने स्वामी विवेकानन्दले नै विश्व समक्ष वेदान्त र योगको भारतीय दर्शनलाई परिचित गराउनुभएको थियो। अमेरिकाको शिकागोमा 1893-मा विश्व धर्म संसदमा उहाँको प्रख्यात भाषण पछिनै उहाँ पश्चिमी जगतमा लोकप्रिय हुनुभएको थियो। उहाँ 19 औं शताब्दिका भारतीय रहस्यवादी गुरू रामकृष्ण परमहंसका प्रमुख शिष्य तथा रामकृष्ण मठ एवम् रामकृष्ण मिसनका संस्थापक हुनुहुन्थ्यो।

उहाँको जन्मदिनलाई राष्ट्रिय युवा दिवसको तवरमा मनाउने गरिन्छ। यस अवसरमा देशभरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिँदै छ।