नेपालले आजदेखि चीनबाट इन्टरनेट ब्याण्डविद प्राप्त गर्ने

नेपालले आज देखि चीनबाट इन्टरनेट ब्याण्डविद प्राप्त गर्नेछ र यसबाट साइबर जगतमा सम्पर्कताको लागि सो हिमाली मुलुकको भारतमाथिको निर्भरता समाप्त हुनेछ। सरकारको स्वामित्वमा रहेको नेपाल दूरसञ्चार प्राधिकरण (एन टी सी)-ले नेपाललाई चीनियाँ ब्याण्डविदसित औपचारिकरूपले जोड्नको लागि सबै धरातलीय कामहरू गरी सकिएको बताएको छ।

तर नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ताले नेपालले प्राप्त गर्ने चिनियाँ ब्याण्डविदको वास्तविक आयतन बारे चाहिँ केही खुलासा गरेनन्।