भारत र दक्षिण अफ्रीका बीच हाल जारी शृंखलाको दोस्रो टेस्ट म्याच सेन्चुरियन स्थित सुपर स्पोर्ट्स पार्कमा आजदेखि सुरू हुनेछ

भारत र दक्षिण अफ्रीका बीच हाल जारी शृंखलाको दोस्रो टेस्ट क्रिकेट म्याच सेन्चुरियन स्थित सुपर स्पोर्ट्स पार्कमा आजदेखि सुरू हुनेछ। यो म्याच भारतीय समयानुसार दिउँसो 1:30 बजेदेखि सुरू हुनेछ।

तीन म्याचहरूको यो शृंखलामा दक्षिण अफ्रीकाले 1-0-को बढ्त हासिल गरेको छ। दक्षिण अफ्रीकामा भारतले टेस्ट शृंखला कहिल्यै जितेको छैन। यो शृंखला जित्ने आशालाई कायम राख्नका लागि भारतलाई दोस्रो टेस्ट म्याच  जित्नु अत्यावश्यक रहेको छ।