दृष्टि बाधित क्रिकेट विश्व कपमा भारतबाट पाकिस्तान 7 विकेटले पराजित

संयुक्त अरब एमिरेट्सको अजमान ओभल स्टेडियममा शुक्रबार दृष्टि बाधित क्रिकेट विश्व कपको तेस्रो म्याचमा भारतले आयोजक पाकिस्तानलाई 7 विकेटले परास्त गऱ्यो।

 पहिले ब्याटिङ्ग गर्न लगाइएको पाकिस्तानले 40 ओभरमा 8 विकेट गुमाएर 282 रन बनाएको थियो। भारतले सो लक्ष्य हातमा पाँच ओभर रहँदा पूरा गऱ्यो। भारतका दीपक मलिकले 71 बलमा 79 रन बनाएर फेरिपनि शीर्ष रन बनाउने खेलाडी बने भने वेंकटेश्वर रावले 64 बलमा 55 रन बनाए।