सेवा क्षेत्रमा भारत र ब्रिटेन बीचको सहयोगका लागि धेरै सम्भाव्यताहरू छन्: केन्द्रीय मन्त्री सुरेश प्रभु

केन्द्रीय मन्त्री श्री सुरेश प्रभुले बताउनु भएअनुसार, भारत र ब्रिटेनले भविष्यको लागि निर्माण क्षेत्र र वैश्विक आपूर्ति सूत्र विकसित गर्ने कार्यमा मिलेर काम गर्न सक्छन् अनि सहकार्यको विविध क्षेत्रहरूका लागि सेवा क्षेत्रमा धेरै सम्भावनाहरू पनि लुकेर बसेका छन्। उहाँले भारतमा ब्रिटेनको अधिक निवेशलाई स्वागत जनाउनुभयो अनि देशमा हालमा देखा परेका आर्थिक गतिविधि र सुधारबारे आफ्नो बिचार साझा गर्नुभयो।

श्री प्रभुले हिजो लण्डनमा भारतीय उद्योग परिसंघ, ब्रिटिश उद्योग परिसंघ, ब्रिटेन भारत व्यापार परिषद र भारतीय उच्चायोगका सह आयोजनामा भएको उद्योग गोल मेच सम्मेलनलाई सम्बोधन गर्नुभयो।