भारत भुटानसित सहयोगात्मक साझेदारीको दह्रिलो आधार निर्माण गर्न प्रतिबद्धः परराष्ट्र मन्त्री सुषमा स्वराज

परराष्ट्र मन्त्री सुषमा स्वराजले भारत भुटानसित सहयोगात्मक साझेदारीको दह्रिलो आधार निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ।

दुई देशहरू बीच कुटनयीक सम्बन्धको स्वर्ण जयन्तीको अवसरमा हिजो नयाँ दिल्लीमा श्रीमती स्वराजले आफ्ना भुटानका समकक्षी ल्योन्पो डाम्चो दोर्जीका साथ भिडियो कन्फरेन्सिङ मार्फत एक विशेष लोगोअनावरण गर्दै पारस्परिक हितको लागि साझेदारीको सबै क्षमताहरूलाई साकार पार्न सबै सरोकारवालाहरूलाई आह्वान गर्नुभयो।

उहाँले भारत र भुटान बीचको मित्रता र सहयोगको आधार साझा मूल्य र प्राथमिकता, उत्कृष्ट विश्वास र समझदारीता, पारस्परिक सम्मान र एका-अर्काका हितप्रतिको सम्वेदनशीलतामा टिकेको बताउनु भयो।